भद्रपुर,असोज २८ । बिर्तामोड ८ देउनियामा रहेको सेन्ट जेभियर्सका विद्यार्थीहरूले बढ्दो डेंगु रोगको महामारीबाट बच्न जनचेतना विस्तार गर्दै विपन्न बस्तीमा निःशुल्क झुल बितरण गरेका छन् ।

पछिल्लो समय झापामा पनि डेंगु रोगको प्रकोप बढ्न थालेपछि विद्यार्थीहरूले विपन्न बस्ती पहिचान गरी झुलमा सुत्ने बानी विकासका लागि निःशुल्क झुल वितरण गरेका हुन् ।

सेन्ट जेभियर्स बालक्लबमार्फत ५० परिवारलाई निःशुल्क रूपमा झुल प्रदान गरिएको शिक्षक शालिकराम दाहालले जानकारी दिएका छन् । उनका अनुसार विद्यार्थीहरूले बस्तीमा पुगेर विभिन्न चेतनामुलक पर्चा वितरणसमेत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्