झापा, असोज २९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिवार साँझ भ्यानको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

माइधार – भालुखोला सडकखण्डको किरात चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्