एजेन्सी ।भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदैछ ।

आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ ।

कांग्रेस आईको अध्यक्षको लागि मल्लिकार्जुन खड्ने र शशि थरुर प्रतिस्पर्धामा छन् । खड्गेलाई गान्धी परिवारको समर्थन रहेको छ । नेतृत्व चयनको लागि आज मतदान हुने र पर्सि मतगणना हुने बीबीसी हिन्दीले जनाएको छ । मतदानमा देशभरका ९ हजार ८ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् ।

अध्यक्ष पदका दाबेदार खड्गे र थरुरले कांग्रेसको खस्किँदो अवस्थालाई सुधार गर्ने र आउँदो चुनावमा विजयी बनाएर देशको नेतृत्व गर्ने दाबी गरेका छन् । नेतृत्व छान्न २२ वर्षमा पहिलो पटक हुन लागेको चुनावलाई भारतसहित संसारभरका प्रजातान्त्रिक देशबाट निकै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्