ईलाम, असोज ३१ । जिल्ला प्रहरी कार्यालय इलामले ६७ औँ प्रहरी दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतको अध्यक्षता तथा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक तेजबहादुर दाहालले सो कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा बिभिन्न सुरक्षा निकाय प्रमुख, अमर प्रहरी परिवारजन,संचारकर्मी, सरकारी कार्यालय एवं संघ–संस्था प्रमुख,पूर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले प्रहरी कामकार्वाहीमा उत्कृष्ट भूमिका निर्वाह गरी आफूलाई सुम्पिएको पदीय जिम्मेवारी प्रशंसनीय तवरले कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ भने जिल्ला प्रहरी कार्यालय इलामलाई सहयोग पुर्याउने स्थानीय तह,बिभिन्न संघसंस्था तथा प्रहरी कामकार्वाहीमा योगदान गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुंगाना, जिल्ला सरकारी वकिल कार्यालय इलामका जिल्ला न्यायाधिवक्ता राजेन्द्रबहादुर बस्नेत र पूर्व प्रहरी संगठन इलामका वरिष्ठ सचिव बखतबहादुर आङदेम्बेले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्