बिर्तामोड ,असोज ३१ । झापाको चारपाने बेलडाँगीस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एक नाबालिकासहित दुईजना घाइते भएका छन् ।

मृतक भुजेल र साउदेन


अपरान्ह ४.४५ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ५ प १६०४ नं को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे ३ प ५५८० नं को मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा परी मे ५प १६०४ नं को मोटरसाइकलका चालक बाह्रदशी २ बस्ने २५ वर्षिय अनिश साउदेन र मे ३ प ५५८० नं को मोटरसाइकलका चालक बाह्रदशी ६ का ४३ वर्षिय भोलाराज भुजेलको मृत्यु भएको हो । दुवैको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनामा मे ३ प ५५८० नं को मोटरसाइकलमा सवार मृतक भुजेलकी श्रीमती ४२ वर्षिया चन्द्रकला भुजेल र छोरी ९ वर्षिया प्रसन्ना भुजेल घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्