झापा , कात्तिक २ । पार्टी छोडिसकेका तीनजनालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले निष्काशनको कार्वाही गरेको छ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टीको निर्देशन अवज्ञा गरी स्वतन्त्र उम्मेद्वारी दिने खुश्बु ओली, क्षेत्र नम्बर १ (ख) मा आफ्नै उम्मेदवार सविना बजगाईंविरुद्द उम्मेद्वारी दिने कल्याण खड्कालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरिएको हो।

क्षेत्र नं ४(ख) मा खुश्बु ओलीलाई राप्रपाले उम्मेदवार बनाउने चर्चा चलेको थियो । तर, अन्तिम समयमा राप्रपाले भक्ति सिटौलालाई उम्मेदवार बनाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेकी हुन् । त्यस्तै क्षेत्र नं १(ख) मा कल्याण खड्काले टिकटको दावी गरेका थिए । तर, राप्रपाले उनको सट्टा सविना बजगाईलाई उम्मेदवार बनाएपछि खड्का पार्टी परित्याग गरी राप्रपा नेपालका तर्फबाट उम्मेदवार बनेका छन् ।

पार्टी भावनाविरुद्ध अनधिकृत गतिविधि गरेको भन्दै कन्काई नगरपालिकाका श्याम ओलीलाई पनि राप्रपाले निलम्बनको कार्वाही गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्