झापा, कात्तिक ४ । देशभर चिसो बढेको छ ।

The southeastern Kathmandu sky seen covered by clouds as seen from Anamnagar, on Monday, November 28, 2016. Met officials said low-pressure systems caused the cloudy conditions across Nepal today. Photo: Anukrit Chapagain

पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको हो ।
केही दिनअघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई –तीन दिनयता दिउँसोको समयमा पनि चिसो हुन थालेको छ ।

मौसमविद् संजिव अधिकारीका अनुसार देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा रहेको छ ।उनका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले दिउँसोको समयमा चर्को घाम लाग्न सकेको छैन । धेरैजसो ठाउँमा केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेकाले त्यसतर्फबाट बहने हावाले पनि चिसो बढाएको छ ।
जाडोयाम सुरु भइसकेकाले चिसो अझै बढ्दै जाने छ । आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए ।

उनका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
मापन भएको मौसम अनुसार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । त्यहाँको अधिकत तापक्रम १९ डिग्री सेल्सियस छ ।
यस्तै, जोमसोमको न्यूनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै, काठमाण्डौको बिहानको न्यूनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम भने आज २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्