झापा, कात्तिक ४ । भद्रपुरमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ८ निवासी २४ वर्षीय आतिस राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो राजवंशीलाई ४ ग्राम ७९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




