झापा, कात्तिक ५ । युवा नागरिक समाज झापाले बिर्तामोड नगर कमिटी गठन गरेको छ ।

पुष्पराज प्रसाईको अध्यक्षतामा गठित २१ सदस्यीय नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा सरोज खड्का (मिलन), उपाध्यक्ष अमित प्रसाई , सचिव रोजन भेट्वाल , सहसचिव शान्ता उप्रेती र कोषाध्यक्षमा डम्बर बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा जानुका बानिया , सन्दीप भेटवाल , कमल शिवाकोटी , तारा भट्टराई , खगेन्द्र प्रसाई , काजीराम कार्की , कमल भट्टराई, रवि श्रेष्ठ र गुरुप्रसाद ओली रहेका छन् ।

झापाको बिर्तामोडमा शनिवार आयोजित नगर कमिटी घोषणा कार्यक्रमलाई युवा नागरिक समाजका सल्लाहकार ,समाजसेवी तथा कन्काई फाउण्डेसनका अध्यक्ष जयनारायण ढुंगानाले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ढुंगानाले नवगठित कमिटीका सदस्यहरुलाई अविर लगाइदिएर सफल कार्यकालको शुभकामना व्यक्त गरे । स्वागत मन्तव्यसहित समाजको औचित्यमाथि प्रकाश पार्दै उपाध्यक्ष देवी संग्रौलाले जैविक विकासले मात्रै युवा नहुने भएकाले नवीन सोच र चेतना भएका जोकोहीले युवाको भूमिका निर्वाह गर्न सक्ने बताए । युवालाई परिवर्तनको संवाहक भनिए पनि सीमित व्यक्तिहरुले आफ्नो स्वार्थका निम्ति आफू अनुकुल परिचालन गर्ने संस्कारको विकास हुँदा ब्यक्तिको विकास भएपनि देशको विकास हुन नसकेको प्राध्यापक बिष्णु पाठकले बताए ।

कार्यक्रममा बोल्दै युवा नागरिक समाज झापाका सदस्य हरि चुडालले चिन्तन र चेतनाले जनताको भावनालाई जित्ने, देश र जनतालाई छातीमा राख्ने प्रतिनिधिलाई निर्वाचनमा विजय गराउन युवालाई आग्रह गरे । युवा नागरिक समाज झापाले निरन्तर आफ्नो अभियानलाई जारी राख्दै झापाको १५ वटै पालिकामा कमिटी बिस्तार गर्ने योजना रहेको समाजका सहसचिव पुष्प पाठकले बताए ।

जिल्ला अध्यक्ष केशवकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा डा. सुशिल कँडेल , जानुका थापा मगर, राजु सिलवाल , प्रकाश सिटौला , इश्वरा कँडेल , सन्देश ओली , मिरादेवी सिटौला , गोपाल मैनालीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन जिल्ला सचिव निराजन ओलीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्