कुमरखोद, कात्तिक ५ । झापा गाउँपालिकामा भोलिदेखि खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

पहिलो दिनको खेलमा आयोजक टीम र सयपत्री एफसीबीच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो १ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।
झापा गाउँपालिका वडा नं. २ मा रहेको जोरमाई युवा क्लब सडकवाडीको आयोजनामा जुडो प्राथमिक विद्यालयको खेलमैदानमा कात्तिक ६ देखि १३ गतेसम्म नकआउट फुटवल प्रतियोगिता संचालन हुने भएको हो । प्रतियोगितामा आयोजकसहित ८ वटा टीमले भाग लिने छन् । प्रतियोगितामा आयोजक , सयपत्री एफसी , अल ईन वान सैनिकमोड , सुरुङ्गा युवा क्लव कन्काई , जलथल एफसी , शिवसतासी युवा क्लव दुधे , द हन्टर एफसी र डाँगीवारी एफसीको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा विजेता टिमलाई ६० हजार १११ नगद र उपविजेता टिमलाई ३५ हजार १११ नगद साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका कोषाध्यक्ष हेमकुमार राजवंशीले बताए । प्रतियोगितामा बेस्ट डिफेन्स , बेस्ट किपर , बेस्ट प्लेयर , उदीयमान खेलाडी र हाईस्कोरले समेत नगदसहित मेडल पाउने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्