झापा , कात्तिक ५ । झापा क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी दिएका डम्बरबहादुर गिरीले २५ बुँदे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
उनले स्थानीय स्तरकै समस्यालाई समेट्दै समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले सार्वजनिक गरेको प्रतिवद्धता यसप्रकार रहेको छ ।
१.बन्द भएको मोमेन्टो गार्मेन्ट संचालनका लागि सहजीकरण गर्न
२.मेची प्रादेशिक अस्पताल सुविधासम्पन्न बनाउँदै मेडिकल कलेज बनाउन पहल गर्ने
३.मेची बहुमुखी क्याम्पसलाई समय सान्दर्भिक तरिकाले सबै बिषयको अध्ययन गर्ने ब्यबस्था मिलाउने
४.मेची रंगशालालाई सुविधासम्पन्न बनाउँदै स्तरोन्नति गरी कचनकवलको बनियानीमा समेत सुविधासम्पन्न रंगशाला निर्माण गर्ने
५.निर्माणाधिन रहेको जिपि भवनको अधुरो काम सम्पन्न गर्दै संचालनमा ल्याउने
६.भद्रपुर भन्सार स्तरोन्नति गर्दै नेपालको महत्वपूर्ण भन्सारको रुपमा विकास गरी पाठामारी र केचनाबाट पनि भन्सार खुलाउने ब्यबस्था मिलाउने र हजारौं युवाहरूलाई रोजगारसंग जोड्ने
७.भद्रपुर नगरपालिकालाई झापा क्षेत्र न.३ को नमुना,सुबिधासम्पन्न एसियाको नमुना शहर बनाउने
८. कचनकवल,हल्दिबारी र बाह्रदशी गाउँपालिकालाई कृषिजोनको रुपमा विकास गर्ने
९.जलथल जंगललाई खुल्ला चिडियाखाना ,किचकबधलाई धार्मिक पार्क र नेपालको होचो केचनालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने र भेलागडीलाई पिकनिक स्पोर्टको रुपमा विकास गर्दै हजारौं स्थानीय युवाहरुलाई रोजगारसंग जोड्ने
१०.सबै सामुदायिक विद्यालयमा व्यवहारिक समसामयिक, नैतिक र जीविकोपार्जन अनुकूल शिक्षाको विकास गर्ने र स्वच्छ शैक्षिक वातावरण निर्माण गर्ने
११.सबै राष्ट्रसेवकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढ्ने ब्यबस्था मिलाउने
१२..सबै वार्डहरुमा फार्मेसी, ल्याबसहितको सुविधासम्पन्न स्वास्थ्य केन्द्र निर्माण गर्दै एम्बुलेन्स सेवा समेतको ब्यबस्थापन गर्ने
१३.यातायात व्यवसायीसँगको सहकार्यमा हरेक गाउँ र टोलमा सार्वजनिक यातायात पुर्याउने
१४.स्थानीय उत्पादनलाई सहकारीमार्फत खरिद गरि व्यवसायीकरणका माध्यमबाट कृषकलाई उचित मूल्य प्रदान गर्ने
१५.चिया मजदुरहरुको असमान दैनिक ज्यालालाई अरु मजदुर बराबरको ज्यालाको व्यवस्था गर्दै चियाको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने
१६. सबै वार्ड कार्यालयबाट पालिकाको केन्द्र हँुदै सदरमुकामसम्म कालोपत्रे सडक,खानेपानी,बिद्युतलगायत,नागरिकको दैनिकी जीवनसंग सम्बन्ध राख्ने बिषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने
१७ . नेपाल– भारत खुल्ला सिमानालाई ब्यबस्थित गर्ने
१८. स्थानीय खोला,नालालाई उत्पादनसँग जोड्दै तटबन्ध गर्ने र कृषि सिँचाइको ब्यबस्थापन गर्ने
१९. श्रमिकहरुको हकमा ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको ब्यबस्थापन गर्ने
२०, नेपाली नागरिकलाई शिक्षा,स्वास्थ्य पूर्णरुपमा निःशुल्क गर्दै उत्कृष्ट विद्यार्थीलाई बेरोजगार भत्ता कि रोजगारको ब्यबस्था गर्ने
२१.बनियानी क्याम्पस, विरेन्द्र क्याम्पस र जागृति क्याम्पसमा प्राविधिक बिषय समावेश गर्दै सुविधासम्पन्न बनाउने
२२.नागरिकले तिरेको करबाट नागरिकको निम्ति नागरिक कोष स्थापना गरी उद्योग, कलकारखाना र उत्पादनमूलक क्षेत्रमा लगानी गरी नागरिकलाई नै संचालन गर्ने ब्यबस्था मिलाउने
२३.जुनसुकै देशमा रोजगारमा जाँदा जाने खर्च सबै राज्यले जिम्मेवारी लिँदै,केही प्रतिशत राज्यले सेवासुबिधाबाट कट्टा गरी बैदेशिक नागरिक कोष खडा गरी सो लगानीबाट कलकारखाना,उद्योगधन्दामा लगानी गरी लामो समय काम गरेर फर्किनेको हकमा पेन्सनको ब्यबस्था,अंगभंग र ज्यान गुमाएका परिवारको हकमा रोजरोटीको ब्यबस्थापन गर्ने
२४ .रोजगार,ब्यापार,वा कुनै आम्दानीको स्रोत नभएको हरेक ब्यक्तिको दैनिकी चल्ने स्रोत पहिचान गरी कानूनको दायरामा ल्याइने र स्रोत नखुलेको सम्पत्ति जफत गर्ने
२५. राज्यलाई कर नतिर्ने, बैंकमार्फत लगानी गरेर बैंक डुबाउने,सम्पत्तिको स्रोत नखुलाउने,राज्यकोषबाट अनावश्यक सेवासुबिधा लिने,समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यबसायी र मिलेमतोमा राज्य दोहन गर्ने नेता,कर्मचारी सबैलाई नागरिक स्तरबाटै कार्वाहीको ब्यबस्था गर्ने ।




