झापा , कात्तिक ६ । जिल्ला प्रहरी कार्यालय झापाले १५ लाखबढीको पटाकाजन्य वस्तु बरामद गरी नष्ट पारेको छ ।

नेपालमा प्रतिबन्धित पटाकाजन्य वस्तु भारतबाट ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो । आइतवार पत्रकारहरुको रोहवरमा १५ लाख २७ हजार ८०० रुपैयाँ मूल्य बराबरको पटाकाजन्य वस्तु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

झापाको विभिन्न स्थानबाट अवैध रुपमा ओसारपोसार भइरहेको विभिन्न किसिमका पटाकाजन्य वस्तु बरामद गरी नष्ट पारिएको उनले बताए । पटाकाको आयात र प्रयोगमा केही नियन्त्रण गरिएपनि निर्मूल पार्न नसकिएको उनले बताए । त्यसमा सबैको सहयोग आबश्यक भएको उनको भनाइ छ ।



