झापा, कात्तिक ७ । बिर्तामोड ३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले चारजना शिक्षकलाई विदाई गरेको छ ।

शुभदीपावली पर्वको अवसरमा हिजो आयोजित शुभकामना आदान प्रदान ,शिक्षक, सम्मान विदाई एवं बृहत सांस्कृतिक कार्यक्रममा सेवा निवृत हुने शिक्षकहरुलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी विदाई गरिएको हो । विदाई हुनेहरुमा यज्ञप्रसाद खरेल ,चन्द्रशेखर पौडेल , पद्मा उप्रेती र भक्तिदेवी खपांगी रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सेडाईको अध्यक्षता रहेको कार्यक्रमको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपसंयोजक शान्ता रोक्का , शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राजकुमार विक , बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , बिर्तामोड खानेपानी संस्थाका अध्यक्ष जलकुमार गुरुङ , शिक्षक महासंघका युवराज कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले विद्यालयको गतिविधिबारे जानकारी दिएका थिए । कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल , बिर्तामोड नगरपालिकाका शिक्षा शाखाका दिनेश आचार्य , विद्यालय व्यवस्थापन समिति सदस्यहरु राजकुमार राजवंशी ,हिमाल मैनाली , आनन्दी राजवंशी , पूर्व शिक्षिका निरा प्रधानलगायतको उपस्थिति रहेको थियो । शिक्षक तुलसीराम खरेल र भोजराज दाहालले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले गीत नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्