झापा , कात्तिक ७ । इलाममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षिय साईद गुरुङ रहेका छन् । हिजो दिउँसो इलाम माईजोगमाई गाउँपालिका ६ स्थित थुम्केडाँडामा रहेको थुम्केरानी पोखरीमा खेल्न गएका इलाम नगरपालिका ३ घर भई माईजोगमाई –१ स्थित आफ्नै हजुरबुबा गणेश गुरुङको घरमा बस्ने साईद गुरुङ पोखरीको डिलमा खेल्ने क्रममा अचानक चिप्लिएर पोखरीमा झरी बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय नयाँबजार र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिगई जेसीबीको सहयोगमा पोखरीमा खोजी गर्ने क्रममा बालक मृत फेला परेका थिए । कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि इलाम अस्पतालमा राखिएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डिएसपी जिेतेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्