कुमरखोद , कात्तिक ७ । झापा गाउँपालिकामा आईतवारदेखि शुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा जलथल एफसी विजयी भएको छ ।
जलथल एफसी र कन्काई एफसीबीच भएको खेलमा २– १ को गोल अन्तरले हराउँदै जलथल एफसी विजयी भएको हो । जलथल एफसीको तर्फबाट पहिलो १ गोल जर्सी नं. १३ का खेलाडी विशाल दर्जीले गरेका थिए भने दोस्रो गोल जर्सी नं.९ का खेलाडी राज बास्केले गरेपछि जलथल एफसी बिजयी बनेको हो । कन्काई एफसीका खेलाडी संदिव रसाईलीले दोस्रो हाफमा १ गोल फर्काएका थिए । जलथल एफसीका खेलाडी विशाल दर्जी बेस्ट प्लेयर घोषित भए ।
मंगलवारको खेलमा अल ईन वान सैनिकबजार र द हन्टर एफसी महाभाराबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।




