झापा, कात्तिक ८ । बुद्धशान्ति ७ मा जारी अन्जन स्मृति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि बुद्धशान्ति ६ ले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा बुद्धशान्ति १ लाई ४–३ गोलले पराजित गर्दै बुद्धशान्ति ६ ले उपाधि जितेको हो । उपाधिसंगै वडा नं ६ ले नगद २५ हजार रुपैयाँ , ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता वडा नं १ ले नगद १५ हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी बिजेता टिमका चन्द्र पुलामी मगर, उच्च गोलकर्ता र म्यान अफ द म्याच गणेश सिन्जाली मगर, बेष्ट डिफेन्डर कप्तान एलन लिम्बू, बेष्ट किप्पर मनोज न्यौपाने र उदीयमान खेलाडी आयोजक टिमका उज्वल कार्की भए । उनीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष मनेस दाहाल, फ्रेन्ड्स क्लबका अध्यक्ष रुद्र निरौलालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्