बिर्तामोड , कात्तिक ८ । साहित्यकार गणेश ओलीको ‘चेतनाका तीन सुस्केराहरु’ नामक कृतिको बिमोचन भएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर नारायण गोपाल स्मृति प्रतिष्ठान बिर्तामोड– ३ सैनिकमोडद्वारा विराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा मंगलवार आयोजित कार्यक्रममा विराटज्योति अंग्रेजी माविका पूर्व प्राचार्य ओलीको सो कृतिको सामुहिक विमोचन गरिएको हो ।

नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षता तथा साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , साहित्य चौतारी बिर्तामोडका संरक्षक देवीभक्त श्रेष्ठ ,साहित्यकारहरु केशव आचार्य , देशु वनेम सुब्बालगायतले विमोचित कृतिका बारेमा चर्चा गरेका थिए । लेखक ओलीले स्वागत मन्तव्य राख्दै आफ्नो कृतिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा राजकुमार पोखरेल, टीका भट्टराई नेपाल ,अर्जुन पाठकलगायतले कविता वाचन गरेका थिए । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रुद्र सिटौलाले गरेका थिए ।

ओलीको सो विमोचित कृति १३२ पृष्ठको रहेको छ ।जसमा ३५ वटा कविता र करिव १२ वटा जीवनी समेटिएको छ । आफ्नो चेतना र आफ्नी दिवंगत श्रीमती चेतना ओलीको संझनामा कृतिको नाम ‘चेतनाको तीन सुस्केराहरु’ दिइएको उनले बताए । तीन खण्डमा विभाजित कृतिमा पहिलो खण्डअन्तर्गत कविता , दोस्रोमा जीवनी र साभार र तेस्रोमा संक्षिप्त महाभारत रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्