झापा, कात्तिक ९ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन भएपनि पछिल्लो समय दिदी र बहिनीबीचमा पनि टीका लगाउने ट्रेन्ड बढ्दो छ ।

घरमा दाजुभाइ नहुनेले टीकाबाट वञ्चित हुन नपर्ने मान्यताका साथ यो संस्कृतिको विकास भएको हुनसक्छ । यसलाई सकारात्मक र नकारात्मक दुईवटै कोणबाट विश्लेषण गर्न थालिएको छ ।

पछिल्लो समय तिहारमा दिदी र बहिनीबीचको टीका लगाउने ट्रेन्ड बढ्दै जानुमा सकारात्मक रूपमा लिनुपर्ने संस्कृतिविद् जगमान गुरुङ बताउँछन् । उनका अनुसार दाजुभाइ छैनन् भनेर खाली बस्नुभन्दा दिदी र बहिनीबीच टीका लगाएर संस्कृतिको विकास गर्नु राम्रो हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्