झापा, कात्तिक ९ । युवा नागरिक समाज झापाले बिर्तामोड ४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई भोजन गराएको छ ।

समाजका कोषाध्यक्ष रामचन्द्र मैनालीकी छोरी सानवी मैनालीको जन्मदिनको अवसर पारेर बुधवार बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई एक छाकको भोजन गराएको अध्यक्ष केशवकुमार भण्डारीले बताए । सामाजिक उद्धेश्यले स्थापित युवा नागरिक समाज झापाले विभिन्न कुरीतिको विरुद्धमा आवाज उठाउँदै सामाजिक कार्यहरु गर्दै आएको उनले बताए । हाम्रो साझा घर नामक सो बृद्धाश्रममा १३ जना बृद्ध र १५ जना बृद्धा आश्रित छन् । फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा सामाजिक कार्य गर्नु उत्तम संझेर छोराको जन्मदिन बृद्धाश्रममा मनाएको कोषाध्यक्ष मैनालीले बताए ।

समाजले आजैदेखि देउसी भैलो कार्यक्रम शुरु गरेको छ । सल्लाहकार सदस्य डा. लक्ष्मीप्रसाद मैनालीको घरबाट एकदिने देउसी भैलो शुरु गरिएको सचिव निराजन ओलीले बताए । उनले संस्कार संस्कृति जगेर्ना गर्दै सचेतना जगाउन संस्थाका सदस्य र सल्लाहकारहरुको घरमा देउसी भैलो खेल्ने कार्यक्रम रहेको जानकारी दिए । देउसी भैलो कार्यक्रममा अध्यक्ष भण्डारी , उपाध्यक्ष देव संग्रौला , सचिव ओली , सहसचिव पुष्प पाठक , कोषाध्यक्ष मैनाली , सदस्यहर दुर्गादेवी ओली , हरि चुडाल , सल्लाहकार सदस्य प्रकाश सिटौला , बिर्तामोड नगर कमिटी अध्यक्ष पुष्प प्रसाईसहित जिल्ला र नगर कमिटीका ४० जनाको सहभागिता रहेको छ ।