झापा, कात्तिक ९ । अर्जुनधारा ११ मा २ विगाह क्षेत्रफलमा लगाएको धान बाली अमेरिकन फौजी किराले खाएर नष्ट पारेको छ ।

smart

अर्जुनधारा नगरपालिकाले गरेको अनुगमनमा अमेरिकन फौजी किराले खाएर नष्ट पारेको र बाला समेत टुक्राटुक्रा बनाई दिएको पाईएको कृषि शाखाकी उर्मिला राजवंशीले बताइन् । उनका अनुसार श्यामबहादुर विष्टको धान किराले खाएर नष्ट पारेको हो । अन्य किसानको पनि धानमा पनि क्षति पुगेको बताइएको छ ।

smart

धान काट्न जाँदा किराले खाएर ढुटो पारेको विष्टले थाहा पाएका थिए । गत वर्ष १५० मन धान फलेकोमा यस वर्ष किराले सखाप पारेको विष्टले बताए । समयमै आफ्नो खेतबारी अवलोकन गरी शत्रु जातका किराहरुबारे थाहा पाउन र चासो दिन अर्जुनधारा नगरपालिकाले किसानहरुलाई आग्रह गरेको छ ।झापामा विगत तीन–चार वर्ष अघिदेखि अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । यस वर्ष पहिलो पटक अर्जुनधारामा सो प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले पाक्न लागेको धान बालीमा विषादी छर्किन नमिल्ने भएकाले किसानले आफै सतर्क रहनुपर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्