झापा , कात्तिक १० ।पूर्वपश्चिम राजमार्गअन्तर्गत हिजो साँझ झापाको शिवसताक्षी नगरपालिकामा यात्रुबाहक बसको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख २३२१ नम्बरको यात्रुबाहक बसले साँझ ६ बजे शिवसताक्षी –९ स्थित मिलन चोकमा ठक्कर दिएको थियो। दुर्घटनामा परी दमक–५ बस्ने २५ वर्षिय निर्मल दासको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार १८ वर्षिय सौरभ मदक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा संलग्न ध्रुवतारा यातायातको उक्त बस र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।