झापा , कात्तिक ११ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

हिजो दिउँसो भएको आगलागीबाट भीष्मराज खुदाङको घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडालगायतका सामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको तामाङले जानकारी दिए । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्