झापा, कात्तिक ११ , बलिउड अभिनेता सलमान खानलाई केही दिनअघि डेंगु भएको पुष्टि भएपछि उनले ‘बिग बोस-१६’ को सुटिङ रद्द गरेका थिए ।

तर अब सलमान डेंगुबाट निको भइसकेका छन् र छिट्टै शोको सुटिङ सुरु गर्न लागेका छन् । बिग बोससँग सम्बन्धित स्रोतका अनुसार सलमानले बिहीबार ‘विकेन्डका वार’को सुटिङ गर्नेछन् । यस एपिसोडमा कट्रिना कैफ र उनको फिल्म ‘फोन भूत’ को सम्पूणर् टिम अतिथिको रूपमा देखिनेछिन् । बिग बोसको पछिल्लो एपिसोड करण जोहरले होस्ट गरेका थिए । रिपोर्टका अनुसार सलमानको स्वास्थ्य बिग्रिएपछि उनले आफैँले करणलाई फोन गरेर शो होस्ट गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्