झापा , कात्तिक ११ । झापामा लामो समय सांगीतिक क्षेत्रमा योगदान दिएका फुर्वा योञ्जनको आज दिउँसो निधन भएको छ ।

विगत तीन वर्षदेखि थला परेका ६२ वर्षिय योञ्जनको दिउँसो साढे ३ बजेतिर निधन भएको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । उनलाई दुवै मिर्गौलाको समस्या रहेको थियो ।

बिर्तामोड –४ मा बस्दै आएका वरिष्ठ बाद्यवादक योञ्जनलाई बचाउन झापाका साहित्यकार, कलाकार , संगीतप्रेमीहरुले पहल गरेका थिए । योञ्जन साहित्य चौतारी बिर्तामोडद्वारा २०५९ सालमा सम्मानित भएका थिए । भारत दार्जिलिङ निवासी फुर्वा योञ्जनले २०३९ सालदेखि झापालाई कर्मथलो बनाएर नेपाली संगीतको क्षेत्रमा योगदान दिँदै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्