झापा , कात्तिक १२ । आसन्न निर्वाचनको चुनावी मैदानमा रहेका झापा क्षेत्र नं.–२ का उम्मेद्वारहरुको साथमा शुक्रबार झापा नाटकघरमा कलाकारहरुले सामूहिक देउसी कार्यक्रम समापन गरेका छन् ।

क्षितिज नाट्य प्रतिष्ठान र मोरिक साधना कला केन्द्रले आयोजना गरेको सामूहिक देउसी कार्यक्रम झापा क्षेत्र नं. २ का उम्मेद्वारहरु नेकपा एमाले तर्फबाट देवराज घिमिरे , स्वतन्त्रतर्फ कुमार भट्टराई र स्वागत नेपालको उपस्थितिमा समापन गरिएको हो ।

कार्यक्रममा निवर्तमान संघीय सांसद पवित्रा निरौला खरेल,साहित्य चौतारी झापाका संरक्षकद्वय देवीभक्त श्रेष्ठ,उर्मिला बिमली श्रेष्ठ ,एमाले नगर अध्यक्ष सुवास भट्टराई ,साहित्य संगीत कला प्रतिष्ठान बिर्तामोड अध्यक्ष भगवती ढुङ्गेल, नचानु टोल विकास संस्थाका अध्यक्ष झलकसिंह राजवंशी, उर्वरा कृषि सहकारी संस्थाकी अध्यक्ष बिमला बस्नेत , सहारा नेपालकी संस्थापक मञ्जु खनाल, रक्तदान अभियन्ता ओमप्रकाश लुइँटेल, शनिश्चरे अर्जुनधारा माविकी शिक्षिका मनिता काफ्ले, फुलबारी मावि बाह्रदशीमा कार्यरत बिनिता कटुवाल ,साहित्यकारहरु दुर्गाप्रसाद सिग्देल, ताराप्रकाश भट्टराई, साहित्य चौतारी सदस्य जीवन जगदिश धिताल, सञ्चारकर्मी सुब्रत न्यौपाने, इन्द्रसिंह राजवंशी, टिकाराम नेती, तुलसीप्रसाद निरौला, क्षितिज नाट्य प्रतिष्ठानअन्तर्गत सबै विधाका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो । त्यस अवसरमा बिर्तामोड १ निवासी मोहन ओझाले एक धुर जमिन बराबरको रु १लाख १ हजारको चेक झापा नाटकघरलाई हस्तान्तरण गरेका थिए ।

नेपाल ललित कला प्रतिष्ठानका सदस्य पवन राजवंशीको प्रमुख आतिथ्य तथा क्षितिज नाट्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षितिज साहित्य विभागका अध्यक्ष तुलसीप्रसाद भट्टराईले स्वागत गरेका थिए । कार्यक्रमको संचालन नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा अभियन्ता माधव कल्पितले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्