झापा , कात्तिक १३ । हुलबाट छुटेर एउटा हात्तीको छावा काँकडभिट्टाको मानव बस्तीमा छिरेको छ ।

काँकरभिट्टाको रमाइलो गाउँमा हात्तीको छावा छिरेको हो ।उक्त हात्तीलाई वन डिभिजन कार्यालयका कर्मचारी र प्रहरीले खेदाएर टोकला चिया बगानमा पुर्याउने प्रयास गरिरहेको वन डिभिजन कार्यालयका प्रमुख जीवन पाठकले बताए । सो छावाको माउ मेचीपारि भारतमै रहेको बताइएको छ ।

बच्चा छोडिसकेपछि माउले त्यसलाई स्वीकार नगर्ने भएपछि अब त्यस छावालाई के गर्ने भनेर वन्यजन्तु विभागसंग सल्लाह गर्न खोजिरहेको पाठकले जानकारी दिए । विहान ६ बजेतिर माउसंगै रहेको करिव ९ महिनाको छावा त्यसपछि हुलबाट छुटेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्