झापा , कात्तिक १५ । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी १७ वर्षीय नेपाली मुलकी परिजिता बास्तोला अमेरिकी ‘द भ्वाइस’ को तेस्रो चरणमा प्रवेश गरेकी छिन ।

उनले अन्य तीन प्रतियोगीलाई पछि पार्दै तेस्रो चरणमा पुगेकी हुन् । द भ्वाइसले २२ औ संस्करणमा नयाँ ढाँचामा अनुसार पहिलो पटक तीन वटा कलाकारहरुका पालै पालो गीत सुने पछि हराउने चरण (नकआउट एपिसोड) सुरु गरेको छ । यस पटक प्रतिष्पर्धीले आफैले गीतहरू चयन गर्ने अवसर पाएका थिए । प्रस्तुतिपछि निणर्ायकहरूले विजेता छनौट गर्दा परिजिता पनि परेकोले उनी तेस्रो चरणमा प्रवेश गरेकी हुन् । परिजिता बास्तोला अमेरिकामै जन्मेकी र दोस्रो पुस्ताकी उदीयमान गायिका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्