झापा , कात्तिक १६ । मोरङको बुढीगंगा गाउँपालिका-२ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिराटनगर-६ का ३० बर्षीय राम मण्डल रहेका छन् । हिजो बेलुका ४ बजे मण्डलले घर निर्माणकोलागि बाँस काट्ने क्रममा बाँसले विद्युतको हाईटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मण्डलको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्