पथरीशनिश्चरे, कात्तिक १६ । मोरङको पथरी शनिश्चरे रंगशालामा जारी पिट्सबर्ग च्यालेन्ज कपको दोस्रो सेमिफाइनल खेलमा विजयी हुँदै बेलवारी एफसी फाईनलमा प्रवेश गरेको छ।

बुधबार भएको खेलमा टेन नवोदय एफसीलाई शुन्यका विरुद्ध १ गोल गर्दै बेलबारी एफसी विजयी भएको हो। खेलको निर्धारित समयको ३ मिनेटमा बेलवारी एफसीका जर्सी नं १४ का सुरज राईले गरेको गोल नै निर्णायक बन्यो ।

सो खेलमा बेलवारीका सुरज राई म्यान अफ द म्याच घोषित भए। लेटाङ एफसी र बेलवारी एफसीबीचको फाइनल खेल कात्तिक १८ गते शुक्रबार हुने आयोजकले जनाएको छ। गत कार्तिक ११ गतेबाट प्रतियोगिता शुरुवात भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्