झापा, कात्तिक १७ । नेत्रहीन युवा संघ झापाले बिर्तामोड नगरपालिकालाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

अपांग भएका बालबालिकाहरुलाई शौक्षिक सुधारका लागि संघले नगरपालिकाको शिक्षा शाखालाई सो ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणत्रमा विद्यालयमा भर्ना भएका अपांग भएका बालबालिकाहरुलाई शौक्षिक सुधारका लागि आवश्यक पर्ने आधारभूत शौक्षिक सामग्री विद्यालयबाट नै उपलब्ध गराउनुपर्ने , विद्यालयमा विद्यार्थीलाई शिक्षा साथै आचरण तथा संस्कार सिकाउँदा अपमानजनक व्यवहार नगर्न भनी शिक्षणमा संलग्न व्यक्तिहरुलाई अभिमुखीकरण गर्ने, विद्यालयले शैक्षिक सत्र सुरु भएपछि अन्य विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्ने समयमा नै अपांग विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्नेलगायत रहेका छन् ।

संघका अध्यक्ष दिल राजवंशीले शिक्षा शाखाका अधिकृत दिनेशप्रसाद आचार्यलाई सो ध्यानाकर्षणपत्र बुझाएका थिए । त्यस अवसरमा शाखा अधिकृतहरु जानुका रेग्मी , केशर खवासको पनि उपस्थिति रहेको थियो । ध्यानाकर्षणपत्र बुझ्दै आचार्यले सो मागका विषयमा नगर शिक्षा अधिकारी तिलचन भण्डारीलाई अवगत गराउने जानकारी दिए । संघले दमक , गौरीगञ्ज , गौरादह र कमलको शिक्षा शाखा र त्यहाँको जनप्रतिनिधिहरुलाई पनि ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्