झापा , कात्तिक १७ । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सभापति रवि लामिछानेले पार्टीले पाँच वर्षमा गर्नसक्ने जति विषय समेटेर जनतासामू वाचा पत्र सार्वजनिक गरेको बताए । उनले गरेको वाचामा २ वर्षभित्र सबै उमेर समूहलाई उमेर अनुसार सक्रिय राख्न प्रत्येक वडामा ६ हजार ७ सय ४३ खेलमैदान, पार्क जस्ता केन्द्रहरू निर्माण गर्ने वाचा गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक प्रदेशमा भलिबल, क्रिकेट, फुटबल मार्सल आर्टस जस्ता खेलहरू खेल्न सकिने गरी बहुद्देश्यीय अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण वाचा गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्