झापा,कात्तिक १८ । झापा क्षेत्र नं ३ मा डम्बरबहादुर गिरीलाई बागी उम्मेदवारी दिन लगाएको आरोप लागेका एमाले नेता भीम रावल सहयोग गर्न सोही निर्वाचन क्षेत्रमा आउने भएका छन् ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्या कात्तिक अन्तिममा चुनाव प्रचारप्रसारका लागि रावललाई ल्याउने तयारी भइरहेको स्वतन्त्र उम्मेदवार गिरीले बताए ।‘ आफ्नो पक्षमा जनमत तयार गर्न कात्तिकको अन्तिममा भीम रावल , सुरेन्द्र केसीलगायतका नेताहरु ल्याउने तयारी भइरहेको छ ’ उम्मेदवार गिरीले भने‘चुनावी सभा भद्रपुरमा हुनेछ ।’ उनले आफूले निर्वाचन जित्ने दावीसमेत गरे ।

नेकपा एमाले र खासगरी अध्यक्ष केपी ओलीको समर्थनमा झापा क्षेत्र नं ३ मा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका राप्रपाका राजेन्द्र लिङ्देनविरुद्ध एमालेका गिरीले उम्मेदवारी दिएका हुन् । उनलाई एमालेले निष्काशनको कार्वाही गरिसकेको छ । ओलीले लिङ्देनलाई झापा ३ फेरि पनि छोडेर गलत गरेको भन्दै असन्तुष्ट बनेका रावलले गिरीको समर्थन गर्दै आएका छन् । उनले गिरीको चुनाव चिन्ह सूर्यमुखी फूलमा भोट माग्दै आएका छन् ।गिरीकै कारण निर्वाचन जित्न नसक्ने डरले लिङ्देनले केही दिनअघि भद्रपुरमा ओलीलाई बोलाएर संयुक्त कार्यक्रम आयोजना गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्