पथरीशनिश्चरे, कात्तिक १८ । पथरीशनिश्चरेमा संचालित पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारी एफसीले जितेको छ।

शुक्रबार सम्पन्न फाइनल खेलमा टाइब्रेकरमा लेटाङ एफसीलाई हराउँदै बेलबारीले लगातार दोस्रो पटक उपाधि चुमेको हो।

निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमार्फत ४–२ को गोल अन्तरले बेलवारी एफसी विजयी बनेको थियो । फाइनल खेलमा बेलवारी एफसीका जर्सी नं ३३ का गोलरक्षक किशोर गिरी म्यान अफ द म्याच घोषित भए। नगर प्रमुख मोहन तुम्वापोले प्रतियोगिताका विजेता र उपविजेता टीमलाई क्रमशः २ लाख १ हजार र १ लाख १ हजार नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्