झापा, कात्तिक १८ । एक्सेल डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कार्य गर्न गराउन सदाझै कटिबद्ध रहेको जनाएको छ ।

बैंकले आफूस‘ग आवद्ध निक्षेपकर्ता र कर्जा उपभोग गर्दै आएका सर्वसाधारण साना तथा ठूला व्यवसायी तथा आर्थिक व्यवसायसंग सम्बन्धितहरुको हितलाई ध्यानमा राखी विद्यमान अस्वस्थ्य प्रतिस्पर्धालाई निरुत्साहित गरी समग्र बैंक तथा वित्तीय प्रणालीको हितजन्य कार्यमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कार्य गर्न गराउन सदाझै कटिबद्ध रहेको जनाएको हो ।

बढी व्याजदरमा निक्षेप संकलन गरेर बढी व्याजदरमा कर्जा विस्तार गर्न यस बैंकले हतारो नगरेको जनाउँदै निक्षेपको लागत खर्च बढिरहेको वर्तमान अवस्थामा १ बर्षभन्दा कम अवधिको मुद्दति निक्षेप राख्न नपाउने, १ वर्ष अवधि नपुग्दै उक्त मुद्दति एचभ ःबतगचभम गर्न नपाउने र १ बर्षभन्दा कम अवधिको मुद्दति निक्षेप राख्न पाउने व्यवस्था भएमा बचत निक्षेपमा प्रदान गरिने सामान्य व्याजदर भन्दा ०.५० प्रतिशतसम्म मात्र बढी व्याजदर प्रदान गर्ने नीतिगत व्यवस्था भएमा बैंक तथा वित्तीय संस्थाको आधार दर घटन गई कर्जाको व्याजदर समेत स्वतः घटन जाने बैंकले जनाएको छ । यसै विषयलाई मध्यनजर गरी एक्सेल डेभलपमेन्ट बैंकले साना बचतकर्तालाई प्रोत्साहन गर्ने एवं सस्थागत निक्षेपकर्ताहरुलाई समेत संरक्षण गरी दिगो तथा न्यून लागतको वित्तीय स्रोत व्यवस्थापन गर्ने नीति अवलम्बन गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यसको अतिरिक्त संभव भएसम्म कर्जाको लागत घटाउनेतर्फ बैंक संवेदनशील रहेको तर, वित्तीय क्षेत्रमा प्रवाह हुने पु‘जीको लागत बजारले निर्धारण गर्ने हुँदा निक्षेप र कर्जालाई सन्तुलित राख्न विद्यमान परिस्थितिमा यस बैंकले आधार व्याज दर घटाउनेतर्फ आवश्यक पहल र प्रयत्न गरिरहेको जनाउँदै यसबाट कर्जाका ग्राहकहरुलाई भविष्यमा राहत प्राप्त हुने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्