भद्रपुर, कात्तिक १९ । झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. भद्रपुरको १६ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

चन्द्रगढीको केन्द्रमोडमा सम्पन्न सभाको उद्घाटन सहकारीका पूर्व अध्यक्ष तथा विरेन्द्र नमुना क्याम्पस चन्द्रगढीका क्याम्पस प्रमुख विवेक पोखरेलले गरे । सभामा शेयर सदस्यका सन्तति तथा जेष्ठ सदस्यसहित विभिन्न विधामा उत्कृष्ट ९ जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसरी सम्मानित हुने उत्कृष्ट बचतकर्ता तुलसीकृष्ण पोखरेल, ऋणी रुषा राई, अनिवार्य बचतकर्ता रंजित ठाकुर र १२ महिने आबधिक बचतकर्ता गीता दाहाल रहेका छन् । यसैगरी सहकारीका जेष्ठ सदस्यद्वय कमलमाया बस्नेत र सदानन्द भट्टराईलाई दोसल्ला ओढाउनुका साथै विभिन्न खाद्य सामग्री प्रदान गरी प्रशंसापत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी शेयर सदस्यका सन्तति पुरस्कारबाट २०७८ सालको एसईईमा उत्कृष्ट हुने छात्र नितिन निरौला र छात्रा निर्मला धमलालाई नगदसहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरि गौतमले १ करोड १२ लाख ५ हजार ९ सय रुपैयाँको शेयर पँुजी रहेको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आव. २०७९–८० को बचत तथा ऋणका बारेमा जानकारी दिएका थिए ।कार्यक्रममा प्रमुख अतिथि पोखरेल , नेप्सुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी ,चन्द्रगढी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई ,सपनादेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद घिमिरे, ज्ञानोदय बचत तथा ऋण सहकारी संस्थाका सदस्य लता खरेललगायतले मन्तव्य राखेका थिए । गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष भरत पोखरेल र संचालन सचिव टिकाराम उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्