बिर्तामोड , कात्तिक २० । बिर्तामोडमा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका ४ बाट १ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित बाह्रदशी गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा झापाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्