झापा, कात्तिक २१ । चुनावको मुखमा जनता समाजवादी पार्टी (जसपा )का दुई केन्द्रीय नेताले पार्टी छाडेका छन् ।

झापा कमल गाउँपालिका ६ निवासी जसपा राजनीतिक समिति सदस्य नित्यानन्द ताजपुरिया र केन्द्रीय सदस्य मोहितलाल कामतीले जसपा छाडेका हुन् । आदिवासी जनजाति महासंघका पूर्वकेन्द्रीय महासचिवसमेत रहेका ताजपुरिया झापाका परिचित नेता हुन् । उनी पहिचानको राजनीति गर्दै आएका छन् ।

ताजपुरिया र कामतीले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन् । चुनावको मुखमा पार्टी छाड्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्