बिर्तामोड , कात्तिक २१ । झापाको बिर्तामोडमा पिकअप गाडीको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ६० वर्षीय उदयबहादुर गहतराज रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–३ मा सोमबार बिहान ५ बजे प्रदेश १–०१–००१ च ८३१९ नम्बरको पिकअप गाडीले साइकलयात्री गहतराजलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते भएका गहतराजको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्