झापा , कात्तिक २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटी केन्द्र भएर गएको भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्राकृतिक विपत्तिको यो दुःखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुर्नस्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल गरेका छन् । ‘भूकम्पमा परि घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रभावित जनतालाई उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीका कमरेडहरूलाई निर्देशित गर्न चाहन्छु” मृतजनहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्