झापा , कात्तिक २३ । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार तेस्रो खेलमा भुटानसँग खेल्दैछ ।

ढाकामा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ । यता भुटान प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ । भुटान पहिलो खेलमा नेपालसँग ७-० गोल अन्तरले हारेको थियो । नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० ले हराएको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहँदै पुछारमा छ । नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्