झापा , कात्तिक २३ । नेपाली मूलकी सराहना श्रेष्ठ न्यूयोर्क राज्यको विधानसभा सदस्यमा निर्वाचित भएकी छन् ।

डेमोक्रयाट उम्मेदवार उनको विजयसँगै अर्को इतिहास कायम भएको छ । उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् । तर महिलाहरुको तर्फबाट भने उनी पहिलो बनेकी छन् । उनले सम्पन्न मतपरिणाममा उनले ३५ हजार ४९३ मत पाइन् । नोभेम्बर ८ का दिन भएको विधान सभा सदस्यको दौडमा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई हराएकी हुन् । उनको क्षेत्र १०३ औँ हो भने उनले विधानसभा डेमोक्र्याटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालसम्म विजयी भएकी केभिन काहिललाई पराजित गरेकी थिइन श्रेष्ठ पहिलो पुस्ताकी नेपाली-अमेरिकी हुन । न्यूयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् । यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा.ह्यारी भण्डारी विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्