झापा , कात्तिक २३ । झापाको मेचीनगर-१५ कैयाटोलीमा टिमाइको सानो पुलमुनि १३ वर्षीया किशोरीको मृत अवस्था फेला परेको छ ।

मेचीनगर-१५ मा डेरा गरी बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी युना चौधरी बुधवार बिहान मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ । घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पुलमुनि खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ । मृतकका बाबु पुण्यप्रसादका अनुसार मङ्गलवार अपराह्न ३ बजेदेखि छोरी युना हराइरहेकी थिइन् । ज्यामिरगढी मा.वि.मा कक्षा ६ मा अध्ययनरत उनी मङ्गलवार दिउँसो घर नजिकैको टिमाइ खोलाको नहरतिर गएकी बताइएको छ । मृतक मृगी रोगी भएको उनका बाबु पुण्यप्रसादले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्