झापा , कात्तिक २३ । झापा गाउँपालिका वडा नं ५ को पन्थापडा बजारमा अहिले आगलागी भइरहेको छ ।

पन्थापडाका काशीलाल राजवंशीको घरमा आगलागी भएको हो । राजवंशीको घरमा केहीबेरअघि आगलागी शुरु भएको र अहिलेसम्म दमकल आइनपुगेको वडाध्यक्ष कृष्ण राजवंशीले बताए । उनले स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।