झापा , कात्तिक २४ । जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजको सान्निध्यमा धनुषाको मिथिला नगरपालिका वडा नं. –२ बेलाचापीस्थित सतलोक आश्रममा दिव्य धर्म यज्ञ दिवस एवम् विशाल भण्डारा सम्पन्न भएको छ ।

कात्तिक २१ , २२ र २३ गते रक्तदान एवं दाइजोरहित विवाह कार्यक्रमसहित दिव्य धर्म यज्ञ दिवस एवम् विशाल भण्डारा सम्पन्न भएको हो । कार्यक्रममा शुद्ध घ्युमा पाकेको जुलेबी, लड्डु तथा हलुवा प्रसादको रुपमा भण्डाराले वितरण गरेको थियो । त्यस अवसरमा महान संतको आशिर्वचनका साथ ३ नवजोडीलाई दाइजो तथा आडम्बररहित विवाह (रमैणी) गराईएको थियो । कार्यक्रममा आयोजित रक्तदान कार्यक्रममा संत रामपालजी महाराजका अनुयायीहरुले २९० प्रिन्ट रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपालको विभिन्न ठाउँसहित भारतको सिक्किमबाट समेत अनुयायीहरु सहभागी भएका थिए । सो समारोहमा सतभक्ति गरी मोक्ष चाहना गर्ने २०० जनाले सन्त रामपालजी महाराजको सान्निध्यमा मोक्षमन्त्र (नामदान) ग्रहण गरेका छन् ।

आजभन्दा ५०९ वर्ष पहिले कबीर साहेबजीले ३ दिनको विशाल अटुट भण्डाराको आयोजना गर्दैछन् र हरेक पटक भोजन ग्रहण गरेपछि एउटा सुनको सिक्का र कम्बल दिन्छन् भनेर उनका विरोधीले गलत खबर फैलाएर निमन्त्रणापत्र चारैतिर पठाइदिएका थिए। गलत खबर पाएर ३ दिनसम्म भण्डारा खानका लागि १८ लाख सधु संत तथा अन्य मानिसहरु कबीरजीको द्वारमा आईपुगे । त्यसपश्चात् तत्कालै कबीरजीले केशव नामको लीलामय अन्य रुप बनाएर नौ लाख गोरुहरुमा बनिबनाउ भोजन पकवानहरु सतलोकबाट ल्याएर १८ लाख मानिसहरूलाई ३ दिनसम्म तृप्त गराएको भनाई छ । उनले हरेक पटक भोजन ग्रहण गरेपछि सहभागीहरुलाई एउटा सुनको सिक्का र कम्बल दिएका थिए ।

यसै चमत्कारी शुभदिनको उपलक्ष्यमा दिव्य धर्म यज्ञ दिवस मनाइएको संत रामपालजी महाराजका अनुयायीहरुले बताएका छन् । धनुषामा लाखौंको उपस्थिति भएपनि अत्यन्तै व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको देखेर प्रदेश नं २ का मन्त्री शत्रुधन महतोलगायत स्थानीय प्रशासनिक अधिकारीहरुले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्