पथरीशनिश्चरे, कात्तिक २४ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ ।

यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका- ८ का लिम्बूलाई टिकट दिएको हो । पार्टीको निणर्यपछि टिकट पाएका लिम्बूले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाएको जानकारी दिएका छन् । निर्वाचन आयोगले थापाको निधन भएर रिक्त रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको थियो ।
लिम्बू नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री थापाको बुधबार निधन भएको थियो । यस क्षेत्रमा नेकपा एमालेबाट दिलिप राईसहित ५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।