झापा, कात्तिक २५ । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्लादेश खेल्दैछन् ।

खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्न लागेको हो ।

यो खेलको विजेताले उपाधि जित्नेछ । नेपालले यो खेलमा बराबरी गरे मात्रै पनि पुग्नेछ । नेपाल ३ खेलमा अपराजित रहँदै ९ अंकका साथ शीर्ष स्थानमा छ । बङ्लादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । यसअघि भएको खेलमा नेपालले बङ्लादेशलाई १–० गोलले हराएको थियो ।
यस्तै, नेपालले पहिलो खेलमा भुटानलाई ७–० र दोस्रो खेलमा १–० गोलले हराएको थियो । त्यस्तै, बङ्लादेशले भुटानलाई ८–० र ९–० गोलले हराएको थियो । भुटान अंकविहीन हुँदै बाहिरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्