झापा, कात्तिक २५ । राष्ट्रिय विभूति तथा समाजसुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३८ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

किरात धर्मगुरु गुरुआमाको उपस्थितिमा फाल्गुनन्दको १३८ औ जन्मजयन्तीको मुख्य समारोह ताप्लेजुङको फुङ्लिङ बजारमा भब्यतापूर्वक मनाइदैछ । महागुरु फाल्गुनन्द जन्मजयन्ती नेपालको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुरलगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरुमा मनाउने गर्दछन् ।
यसैगरी नेपाल बाहिर भारत, भुटान, हङकङ, बेलायत, मलेसिया, कतार, युएइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रसलगायत देशहरुमा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।