झापा , कात्तिक २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी खेलाडी सीता राना मगरले दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने भएकी छन् ।

सीतालाई उनको टिम टोर्नाडो वुमेन्सले रिटेन गरेको हो । टोर्नाडोसले गत वर्ष दुबईमा भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै टोर्नाडोस उपाधि जितेको थियो । उक्त प्रतियोगितामा सीताले ७ खेलमा ४ विकेट लिँदा २२ रन बनाएकी थिइन् । प्रतियोगितामा सीताले गरेको ‘पुष्पा’ सेलेब्रेसनले निकै चर्चा पाएको थियो । दोस्रो संस्करणको प्रतियोगिता २०२३ अप्रिल ३ देखि सुरु हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्