झापा, कात्तिक २६ । झापामा पनि मधेसी समुदायका मानिसहरु संगठित हुन थालेका छन् ।

समुदायको हकहितका लागि बिर्तामोडमा रहेका मधेसी समुदायका मानिसहरुले नेपाल मधेसी समाज सेवा समिति गठन गरेका छन् । गत कात्तिक १९ गते भएको भेलाले गठन गरेको नगर समिति शनिवार एक कार्यक्रम गरी घोषणा गरिएको हो । समितिको अध्यक्षमा सामाजिक अभियन्ता तथा अधिकारकर्मी रामेश्वर मण्डल रहेका छन् । त्यस्तै उपाध्यक्षमा उमेश शाह , महासचिव शम्भुकुमार शाह , सचिव प्रकाश महत्तो र कोषाध्यक्षमा भरत महत्तो रहेका छन् । त्यस्तै सदस्यहरुमा मोहनकुमार झा , विवेक शाह , नरेश शाह , गन्नु सहनी , विजय शाह , कला राउत , मोनिका शाह र किशु शाह रहेका छन् । त्यस्तै सत्यनारायण राउत , दिलिप सिंह , संजयकुमार शर्मा , अजय शाह र रामनन्दन शाह रहेको सल्लाहकार समिति पनि चयन गरिएको छ ।

सामाजिक कार्य गर्ने उद्धेश्य राखेर समुदायको हकहितका लागि आफूहरु संगठित भएको समितिका अध्यक्ष मण्डलले बताए । उनले अन्य क्षेत्रका मधेसीहरुलाई पनि संगठित गर्दै जाने कार्यक्रम रहेको जानकारी दिए ।

रामेश्वर मण्डलको अध्यक्षता तथा पूर्व जनप्रतिनिधि सत्यनारायण राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रकाश महत्तोले गरेका थिए । कार्यक्रमको संचालन निशा कर्णले गरेकी थिइन् । बिर्तामोड क्षेत्रमा करिव ७ हजार मधेसी समुदायका मानिसहरुको बसोबास रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्