झापा, कात्तिक २७ । मेचीनगरमा आज बिहान पुलबाट झरेर एकजनाको मृत्यु भएको छ ।

फोटो देबु बानियाको फेसबुकबाट

दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर एक साइकलयात्रीको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन । घटनास्थलतर्फ प्रहरी टोली गइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्